टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार

१० असार ७५, सोमबार

इस्तानबुल, असार ११

टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन् ।

थप पाँच बर्षका लागि उनी फेरी शक्तिमा आएको भन्दै सोमबार टर्की भरी खुशीयाली मनाइएको छ ।

Advertisement

उनी दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी भएकेा विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत सन् २०१७ को अप्रिलमा संविधान संशोधन गरी मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजाने व्यवस्था गरिएको छ । राष्ट्रपतीय प्रणालीसँगै राष्ट्रपतिको अधिकार धेरै दिइएकाले तानाशाही हुन थालेको विपक्षीको आरोप छ ।

Advertisement

न्याय तथा विकास पार्टी (एकेपी)को कार्यालयमा आयोजित विजय सभालाई कार्यालयको बार्दीलीबाट सम्वोधन गर्दै ६४ बर्षिय एड्रोगानले समर्थक र शभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् । “टर्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको छ,” उनले भने ।

सर्वोच्च निर्वाचन वोर्डले एड्रोगानको पक्षमा ५२.५ प्रतिशत मत परेको जानकारी दिएको छ । जवकी उनका निकटम प्रतिद्वन्द्वीले भने ३०.७ प्रतिशत मत ल्याएको जनाइएको छ ।

विपक्षीद्वारा हार स्वीकार 

उनी विजयी भएको नतिजालाई विपक्षीहरूले पनि स्वीकार गर्दै मुलुक र जनताका लागि साझा व्यक्ति भएर काम गर्न सुझाव तथा शुभकामना दिएका छन् ।

प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउदै भनेका छन्, “एड्रोगानलाई बधाई छ, तपाई हामी सवैको राष्ट्रपति बन्नुहोला ।”

रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकहरुलाई पनि धन्यवाद र आभार व्यक्त गरेका छन् ।

विश्वभरबाट बधाई 

एड्रोगान विजयी भएकोप्रति विभिन्न देशका नेताहरूले बधाई दिदै सफलताको कामना गरेका छन् ।

पाँच बर्षका लागि फेरी उहाँ निर्वाचित भएकोमा रुस, इरान, सर्विया, बाेिस्नया, बोल्गरीयालगायतका देशहरुले खुशी व्यक्त गरेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निर्वाचनको नतिजा एड्रोगानको पक्षमा सशक्त रुपमा देखिएकाले टर्कीको सामाजिक तथा आर्थिक विकासका लागि काम गर्न सुझाव दिएका छन्।

उनले देशलाई विश्वव्यापी रुपमा सकारात्मक अवस्थामा चिनाउन पनि एड्रोगानलाई शुभकामना दिएके रूसको प्रमुख प्रशासनिक कार्यालय क्रेमलिनले जनाएको छ ।

अन्य देशका उनका समकक्षी तथा शीर्ष नेताहरूले पनि बधाइ सन्देश पठाउदै देश र जनताको पक्षमा काम गर्न शुभकामना दिएका छन्।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top