NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका शुक्रबार कार्तिक २१ , २०८२
१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ? शुक्रबार कार्तिक २१ , २०८२
‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी शुक्रबार कार्तिक २१ , २०८२
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

सङ्गतदेखि सङ्ग्रहसम्म

शनिबार जेष्ठ ८ , २०७८
Reading Time: 1 min read
A A
सङ्गतदेखि सङ्ग्रहसम्म
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

-याक्दुहाङ धिरज

कवि दीपक शम्चूलाई चिन्न थालेपछि उनको “आमाको आशिर्वाद” कविताबाट म ज्यादै प्रभावित थिएँ। उनले आमाको विषयमा अन्य कविताहरू पनि लेखेका छन्। उनले कविताका कुरा गर्दा होस् या बाल्यकालको कुरा सम्झँदा, आमालाई जोडेकै हुन्थे। उनले आमालाई सम्झेर आलेख समेत लेखेका छन्। उनले विगत सम्झिनुपर्‍यो भने, जिन्दगी सम्झिनुपर्‍यो भने पक्कै आमालाई नै पहिला सम्झिनेछन्। यसो भनौँ, उनी आमासँग अत्यन्तै नजिक छन्। उनले मिहिन ढङ्गले आमाका यादहरूलाई मुटुमा पगाल्दैपगाल्दै काव्यिक रुपमा प्रस्तुत गर्दारहेछन्। उनले सङ्गालेर राखेको आफ्नो जीवनको स्वर्णिम पललाई सम्झिएर र त्यी सुःखद पलका अल्पायूको दुखाइमा छट्पट्टिएर आफूलाई कवितामा पोख्नेरहेछन्। र कवितालाई जिन्दगी बनाएर उभ्याएका रहेछन्।

दीपकले बुवाको बारे कुरा गरेको मलाई थाह थिएन। एकदिन कुरैकुरामा बुवाको कुरा आयो। अलिक भावुक भएर उनले भने- “मैले त आप्पा (बुवा) को अनुहार नै देख्न पाइनँ।” अहो! आफ्नो बाल्यकालभरि बाल मस्तिष्कले आप्पाको अनुहार आफ्नो दाजुमा, काका-बडामा या अलिक पाको उमेरका पुरुषमा खोजिबस्नुपर्दाको पीडा कति सकसपूर्ण हुँदो हो। मेरो आप्पा यस्तो पो थियो कि! भनेर अरुको अनुहारमा आफ्नो आप्पाको तलास गरिहिँड्ने बालमानसिक क्लेश कति कष्टकर हुन्छ सम्झिँदा मात्रै पनि। याद त छ, तर त्यसको अनुहारसम्म छैन। बल्ल पो थाह भयो, उनले आफ्ना कवितामा बुवालाई नउभ्याउनुको यथार्थ। अत्यन्तै ठूलो घाउ पोख्न अत्यन्तै गाह्रो हुन्छ नै। तर, निकै समयपछि उनले “आप्पाको अनुहार” शिर्षकको मार्मिक र सुन्दर कविता सार्वजनिक गरे। उक्त कविता धेरै अघि नै उनले लेखेर राखिराखेका रहेछन्। सायद आफ्नो वेदनाजसरी नै त्यस कवितालाई लुकाएर राखे उनले। र एकदिन पोखिने हिम्मत गरे। उनको सोही हिम्मतले एउटा सुन्दर कविताको मात्रै जन्म भएन, उनको कवितासङ्ग्रह “अनुहारमा आप्पा” पनि प्रकाशित हुनगयो। सायद उनले कविताको अनुहारमा आफ्नो आप्पा भेट्न सके। उक्त सङग्रहमा आफ्नो कुरा/लेखकीय (कविता जीवन हुन्) को पहिलो हरफमै उनले लेखेका छन्- “आप्पाको बारेमा भन्नुपर्ने कुरा मसँग केही छैन…”। तर म विश्वस्त छु, उनीसँग आप्पाको बारे भन्नुपर्ने कुरा धेरै धेरै नै छन्, जुन उनको हृदयलाई थाह छ, उनका आँखालाई थाह छ।

LS Auto

कविताको सैद्धान्तिक, संरचनागत व्याख्या, परिभाषा आफ्नै ठाउँमा छ। महत्वको कुरा चैँ कवितालाई मान्ने/हेर्ने दृष्टिकोण नै हो, र त्यसमा विविधता छ; कविताको एउटा सुन्दर पाटो यो पनि हो। व्याख्या, दृष्टिकोण जे-जस्तोसुकै भए पनि कविताले मन-मस्तिष्कलाई तरङ्गित पार्न सक्नुपर्छ भन्ने हो। यसो भनौँ, काव्यिक लहरले हृदय र दिमागमा उत्पन्न झङ्कारको तरङ्ग हो कविता। काव्यिक तरङ्गमा आफ्ना कविताहरू छचल्काउँदै बहेका छन् कवि “अनुहारमा आप्पा” कवितासङ्ग्रहमा। शम्चूले जसराज किरातीको “ट्याम्के”को डोब पछ्याउँदै उकाली-ओराली गराउँछन् कवितालाई। कृष्णभूषण बलको “इलाम”सँगै चिसो पनि बग्छन्। सुमन पोखरेलको “गर्मी”जस्तै तात्तिन्छन् पनि। र आफूले पढाउने अबोध बालबालिकाको जस्तो मुलायम मुस्कान पनि फुलाउँछन् कवितामा।

पेशाले शिक्षक हुन् शम्चू। त्यही कारण हुनुपर्छ उनले शिक्षा सम्बन्धी अत्यन्तै सुन्दर कविताहरू लेखेका छन्। उनीजस्तै शालीन र बालबालिकाजस्तै मुलायम छन् उनका कविता। हाम्रो शिक्षण पद्धतिलाई मिहिन ढङ्गले केलाएर शालीन विद्रोहको चेत भर्नु उनका कविताको सर्वाधिक शक्ति हो यस सङ्ग्रहमा। र अर्को महत्वपूर्ण पाटो उनले बालमनोविज्ञानमा खेलेका कविताहरू हुन्। यिनै विशेष गुणले “अनुहारमा आप्पा” कवितासङ्ग्रह पृथक, सुन्दर र महत्वपूर्ण छ।

झलक्क पढ्दा शम्चूका कविता वैयक्तिक लागे पनि पढिसकेपछि आफैँलाई भेट्न सक्छन् पाठकले उनका कवितामा। यसरी उनका कविता वैयक्तिक भएर पनि सार्वजनीन हुन सफल छन्। समसामयिक विषयमा लेखिएका उनका कवितामा शम्चूलाई प्रभावशाली ढङ्गले उभ्याउन सफल भएका छन् उनी। उनको मौलिक छाप प्रष्ट देख्न सकिन्छ। जसले गर्दा “यो शम्चूको कविता हो” भनेर सहजै चिन्न सकिन्छ। शम्चूले आफ्ना कवितामा जीवनको सरगम भरेर गुनगुनाएका छन्। उनका कविताको लय लोभलाग्दो छ। पढ्दापढ्दै हरफहरूबाट सुमधर धुन गुञ्जन थाल्दछन्। र त्यी गुञ्ज्याइले शालीन विद्रोह उछालिदिन्छन्।

मैले जानेसम्म शम्चूले सानै उमेरमा प्रेम विवाह गरी जिन्दगीको व्यवहारिकता निभाउन थाले। प्रेमिल जिन्दगीको यात्राभन्दा बाहिर निस्किएर एक प्रेमिकाले प्रेमीबाट पाएको धोका परिकल्पना गरी कसरी “खस्दाखस्दै बल्झेका यादहरू” जस्तो सुन्दर कविता लेख्नसके होलान् उनले? भनेर मलाई सधैँ थकथक लागिरहन्छ। मलाई असाध्यै मनपर्ने यही कविताको अंशबाट मेरो कुरा बिट मार्छु।

थैलुङ्…नी हुँदा फेरेको सास त्यतै छुटेको छ

समातेर आफूसँगै राख्नू

एकान्तमा मेरो साउती सुन्न सक्छौ

लुकाइराखेका प्रेमका स्मृतिहरू

झोलाको गोजीमा, खोपीमा, कोठाका चेप-चेपमा

होसियारीको साथ खोज्नू

विरक्तिएको बेला

झल्याँस्स-झल्याँस्स सम्झना पल्टाइरहन सक्छौ।

 

तिम्रै मुटुमा सिउरिदिएकी छु

आमाले मेरो गालामा राखिदिएको गुलाफ

जतनले सजाएर राख्नू

सम्झनाले सताएमा लुकेर

नछोई मलाई नियालिरहन सक्छौ।

 

तिम्रै लागि छोडिदिएकी छु जीवनको धुन

अरु कसैले नसुन्नेगरी गुनगुनाउनू/गुनगुनाइरहनू।

(दीपक शम्चू र ‘अनुहारमा आप्पा’ माथिको अनुभूति)

लोकप्रीय

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२

विचार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार
ताजा समाचार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका
ताजा समाचार

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो
अन्तर्राष्ट्रिय

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?
ताजा समाचार

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.