×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

विराटनगर बस टर्मिनलको निर्माणकार्य अन्तिम चरणमा, साउनदेखि सञ्चालनमा आउने (फोटो फिचरसहित)

११ असार २०७५

किशोर विश्वकर्मा
विराटनगर, असार ११
विराटनगर बस टर्मिनल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वस टर्मिनल निर्माण अघि सामान्य वर्षामै हिलाम्मे र पानी नपर्दा धुलाम्ये हुने विराटनगर बसपार्कको यतिबेला मुहारनै फेरिएको छ ।

अत्याधुनिक सुविधा सम्पन्न अढाइ तले भवनसहितको बस टर्मिनल निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ र अब साउन महिना देखि सुचारुसमेत हुने भएको छ । गत आर्थिक वर्षको फागुनदेखि सुरु भएको टर्मिनल निर्माणको काम यतिबेला कालोपत्रे बाहेकको सम्पूर्ण काम छ पुरा भएको छ ।

नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माणका लागि गौरी पार्वती निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएको थियो । उक्त कम्पनिले हाल सम्म बस टर्मिनलका लागि अढाईतले भवन निर्माण कार्य सम्पन्न गरिसकेको छ भनेँ वर्षा र ढल निकासको समस्याले केही काम प्रभावित भएर ‘पिचिङ’ को काम बाँकि रहेको बताएको छ ।

‘पिचिङ’ का लागि प्राइमेरि गर्नेकाम गरिसकिएको र वर्षातको पानि जमेर ‘पिचिङ’ को काम हुन कठिनाई भएकाले अब पानि नपरेको खण्डमा २÷३ दिनमै काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तानान्तरण गरिने गौरी पार्वती निर्माण सेवा काठमाडौंका प्रोजेक्ट इन्जीनियर आलोक मिश्रले बताए ।

उनले भने ‘ लगभग सबै काम सकि सकिएको छ, यतिबेला वर्षातको समय भएको हुनाले पिचिङको काम मात्र थोरै बाँकि छ । अढाइतले भवन निर्माण कार्य सम्पन्न भइनैसकेको अबस्था छ । पिचिङका लागि प्राईमेरि काम सकिएको छ । अब समय र मौसमले साथ दिएको खण्डमा २÷३ दिनमा सबै काम सकिन्छ र चाँडै विराटनगर महानगरपालिलाई हस्तान्तरण गरिनेछ ।’

व्यवसस्थीत र सुविधा सम्पन्न बस टर्मिनल निर्माण नभएको अवस्थामा वर्षाको बेला पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयवासीसमेत हर्षित भएका छन् ।

नेपाल रात्री तथा दिवा यातायात संघका महासचिव टिका गुरुङले सुविधा सम्पन्न बस टर्मिनल निर्माणले यात्रु, यातायात व्यवसायी र स्थानियले बस टर्मिनल निर्माण सुरु नहँदा सम्म सामान्य वर्षा हुँदा सम्म घुँढा घुँडा सम्म पानिमा हिड्नुपरेपनि अब हिलो धुलो र अन्य समस्या समेत समाधान हुने विश्वास व्यक्त गरे ।

उनले हाल नेपालमा सिन्डीकेट प्रणालि खारेज भएको अवस्था रहेकाले बस टर्मिनल निर्माण सम्पन्न भएर महानगरपालिकालाई हस्तानान्तरण गरेपछि सञ्चालन कसरि हुने भन्नेमा आफुहरु अन्यौलमा रहेको बताए ।

उनले भने‘बस टर्मिनल पुरानो जस्तो बसपार्क नहुने भएकाले अहिले सरकारले सिन्डीकेट प्रणालि खारेज गरेको अवस्थामा महानगरपालिका आफैले सञ्चालन गर्ने हो कि वा ठेक्का लगाउने हो, हामि यातायात व्यवसायी अन्यौलमा छौँ । बस टर्मिनल भरसक महानगर आफैले सञ्चालन गरेको खण्डमा उत्तम हुने हाम्रो सुझाव छ । ठेक्का लगाएको खण्डमा पूर्वाधारको संरक्षण हुन सम्भव छैन ।’

अहिले ठेकेदारले निर्माण गरिरहेको बस टर्मिनलमा एक पटकमा साना ठूला गरी ५० देखी ५४ वटा सम्म बस रोक्न मिल्ने विराटनगर महानगरपालिकाले जनाएको छ । बस टर्मिनलमा पुरानो बसपार्क जस्तो धेरै समय सम्म बस रोक्न नमिल्ने र यात्रु ओराल्ने र चढाएर गन्तब्य तर्फ लगि हाल्नुपर्ने गरि आधुनिक बस टर्मिनल निर्माण गरिएको विराटनगर महानगरपालिकाका प्रोजेक्ट इन्जीनियर अर्जुन थापाले जानकारी दिए ।

बसपार्क र बस टर्मिनलबीच फरक रहेको बताउँदै उनले भने ‘बसपार्क भनेको गाडी पार्क गर्ने ठाउँ हो र टर्मिनल भनेको गाडी आउने अनि यात्रु बोकेर जाने ठाउँ हो ।’ उनले अहिले बस टर्मिनलको काम अन्तिम चरणमा पुगेकाले कुनै अबरोध नभए साउनको पहिलो साताबाटै बस टर्मिनल सञ्चालनमा आउने दावी गरे । उनले सुविधा सम्पन्न बस टर्मिनल सार्बजनिक निजि र सरकारी साझेदारीको अबधारणा अनुरुप सञ्चालन गरिने बताए ।

दुईतले सुविधा सम्पन्न बस टर्मिनलनमा ब्यवस्थित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालय हुने छ । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल रहने छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहने छ । यो बसपार्क पूर्व क्षेत्रकै सुविधा सम्पन्न र नमुना हुने दावी गरिएको छ । बस टर्मिनलको भुइँतलामा प्रवेश र प्रस्थानद्वार राखिएको छ । टर्मिनलमा निश्चित समय बसेपछि बस गन्तब्यमा जान पाउनेछन् ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top