दिउँसो ४ बजे एमालेको स्थायी कमिटि बैठक बस्दै

दिउँसो ४ बजे एमालेको स्थायी कमिटि बैठक बस्दै

१० जेष्ठ, काठमाडौं ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार दिउँसो ४ बजेका लागि स्थायी कमिटिको बैठक बोलाएका छन् ।

एमाले नेता सुवासचन्द्र नेम्वाङका अनुसार आजको बैठकमा यसअघि स्पष्टीकरण सोधिएका ११ जना नेताहरुबारे आवश्यक निर्णय हुने छ।

माधवकुमार नेपाल समूहले विपक्षीहरुसँग मिलेर ओली नेतृत्वको सरकार ढाल्ने कसरत गरिरहेका बेला एमालेको स्थायी कमिटि बैठक बस्न लागेको हो।

यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेको अभियोगमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत ११ जना सांसदहरुलाई स्पष्टिकरण सोधिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.