विराटनगर,असार ११
इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि एक अर्ब ३७ करोडको बजेट सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्ष २०७४र७५ मा ८० करोडको बजेटको आकार ७० प्रतिशतले बढेको हो । चालुृतर्फ ३४ करोड ५९ लाख र पुँजीगततर्फ ६३ करोड ८० लाख तथा वित्तीय व्यवस्थातर्फ ३५ लाख रुपैया खर्च अनुमान गरिएकोछ ।
सोको लागि संघीय सरकारबाट २८ करोड ३१ लाख रुपैया अनुदान, सशर्त अनुदानबाट ३० करोड ३६ लाख, राजश्वबाट १४ करोड ८३ लाख, प्रदेश सरकारबाट ६० लाख, सशर्त अनुदानबाट १ करोड, आन्तरिक आयबाट ३२ करोड ३१ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
अपुग ६ करोड ५ लाख रुपैया नगर विकास कोषबाट ऋण लिने योजना छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गरेको बजेट वक्तव्यमा इटहरीमा सार्वजनिक सभाहल, व्यवस्थित ढल निकास, सार्वजनिक शौचालय तथा पार्किङको व्यवस्था लगायतका पूर्वाधार निर्माण गरिने उल्लेख छ ।
यस्तै फोहोर मैला व्यवस्थापन, जनशक्ति विकास, आधुनिक कृषि बजार स्थापना गरिने उल्लेख छ । बजेटले इटहरीमा रात्रिकालिन नमुना बजार स्थापना गर्ने उल्लेख गरेको छ । जसको लागि ४० लाख रुपैया छुट्याइएको छ ।
इटहरीमा रात्री बजारको आवश्यकता महसुस भइरहँदा प्रहरीले साँझ नपर्दै बजार बन्द गर्ने काम गरिरहँदा बजेटमै रात्रिकालिन बजारको व्यवस्था गर्ने उल्लेख गरिएको हो ।