कोरोना संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु

कोरोना संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु

१० जेठ, विराटनगर ।

कोरोना संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रमा १० र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको हो ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको हो ।

यस्तै सुन्दरहरैंचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.