म्यानमार सैन्य ‘कू’ : आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या आठ सय १८ पुग्यो

१० जेठ ७८, मंगलबार

११ जेठ, एजेन्सी ।

म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या आठ सय १८ पुगेको छ । हिजो तीन जनाको ज्यान गएको हो ।

गएको फेब्रुअरी १ तारिखमा निर्वाचित सरकारलाई अपदस्त गर्दै सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म आन्दोलन भइरहेको छ । सैनिक सरकारले अहिलेसम्म चार हजार दुई सय ९६ जनालाई पक्राउ गरेर थुनामा राखेको छ भने तीमध्ये ९५ जनालाई अदालतले नै थुन्ने आदेश दिएको छ ।

एक हजार ८ सय २२ जनालाई पक्राउ पूर्जी जारी गरेको समाचारसंस्था एएनआइले जनाएको छ । आन्दोलनकारी र सुरक्षाकर्मीका बीचमा भएको झडपमा १३ जना सुरक्षाकर्मीको पनि ज्यान गएको छ । सैन्य सरकारले म्यानमारकी नेतृ आङ सान सुकीसहितका शीर्ष र प्रभावशाली नेताहरुलाई पनि नियन्त्रणमा राखेको छ ।

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सेनाले विभिन्न आरोपमा लामो समय जेलमा राखेपछि हिजो विशेष अदालतमा उपस्थित गराइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top