कोरोनाको उत्पत्तिबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीनको आक्रोशपूर्ण प्रतिक्रिया

१३ जेठ ७८, शुक्रबार

१४ जेठ, एजेन्सी ।

चिनियाँ प्रयोगशालाबाट कोभिड–१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयको चीनले विरोध गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएपछि चीनले यसको विरोध गरेको छ ।

Advertisement

चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले अरूलाई दोषी देखाउन खोजेको भन्दै भर्त्सना गरेको बीबीसीले जनाएको छ ।

चीनले कोभिड–१९ र वुहान सहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि बताएको छ । कोभिड–१९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान सहरमा देखा परेको थियो ।

Advertisement

त्यसयता विश्वभरि १६ करोड ८० लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने ३५ लाखभन्दा बढीले ज्यान गुमाएका छन्।

चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए जसलाई आधार मान्दै अग्रणी वैज्ञानिकहरूले यो भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसै वर्षको स्थलगत अध्ययनपछि यस भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो।

तर अमेरिकी सञ्चारमाध्यमका पछिल्ला विवरणमा यो भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको र सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने उल्लेख गरिएका छन् ।

अमेरिकाले विश्वमा कोरोना फैलनु अगाडि चीनकै प्रयोगशालाका तीन जना शोधकर्तामा सङ्क्रमण पुष्टि भएको बताउँदै आएको छ ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top