१२ देखि १५ वर्षसम्मकालाई लगाउन फाइजरको खोपलाई इयुद्वारा स्वीकृति

१५ जेष्ठ, एजेन्सी ।
युरोपियन युनियनको औषधि नियामक निकाय (इएमए)ले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ ।

अब इयुका सदस्य राष्ट्रहरुले आफ्नो देशमा के गर्ने भन्ने निर्णय गर्न सक्ने छन् । जर्मनीले बिहीबार नै सो खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको थियो ।

यो महिनाको सुरुमा अमेरिका र क्यानडाले फाइजर खोप बालबालिका तथा किशोरकिशोरीका लागि स्वीकृत गरेका थिए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपमा खोप अभियान तीव्र पारिनु पर्ने बताएका बेला इयुले शुक्रबार पछिल्लो निर्णय गरेको हो ।

इएमएका खोप रणनीति प्रमुख मार्को कावालेरीका अनुसार कम्तीमा तीन हप्ताको अन्तरालमा १२–१५ वर्षका बालबालिका किशोरकिशोरीले खोपको दुई मात्रा लगाउनु पर्ने बताएका छन् ।

अनुसन्धानको क्रममा फाइजरको खोप बालबालिका तथा किशोरकिशोरीमा निकै प्रभावकारी देखिएको पनि उनले बताए । इयुले यसअघि नै फाइजर खोप १६ र सो भन्दा माथिको उमेर समूहका लागि स्वीकृत गरेको थियो ।

खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो ।

मोदेर्ना तथा जोन्सन एण्ड जोन्सनले पनि आ–आफ्ना खोप १२ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीमा सुरक्षित तथा प्रभावकारी रहे–नरहेको थाहा पाउनका लागि परीक्षण गरिरहेका छन् । मोदेर्नाको अध्ययनको नतिजा चाँडै आउने सम्भावना छ ।

फाइजर र मोदेर्नाले खोपको प्रभावकारिता ६ मिहनादेखि ११ वर्षसम्मका बालबालिकामा कस्तो छ भनेर हेर्नका लागि पनि परीक्षण गरिरहेका छन् ।

११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप सन् २०२२ को सुरुमा तयार हुने दुवै कम्पनीले बताएका छन्।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top