जापानमा सङ्कटकालको अवधि थप तीन हप्ता लम्बियो

Share this
686shares

१६ जेठ, एजेन्सी ।

Advertisement

जापानले कोरोनाका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तमा थप तीन हप्ताका लागि लम्ब्याएको छ ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर घटे पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ ।

Advertisement

त्यहाँका रेस्टुरेन्टहरुलाई जाँडरक्सी बेच्न वा प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ ।

यस्तै, स्वास्थ्य सावधानीका लागि विद्यालय बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमलाई पालना गर्नुपर्ने छ।

Advertisement

जापानमा अहिलेसम्म सात लाख ३८ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने १२ हजार ८ सय १९ जनाको ज्यान गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top