२१ जेठ, काठमाडौँ ।
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको २४औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाको त्यो अग्रता लामो समय टिकेन । ३६औं मिनेटमा एलेक्सिस साञ्चेजले गोल गर्दै चिलीलाई हारबाट जोगाए ।
यो बराबरीसँगै अर्जेन्टिना ५ खेलबाट ११ अंक जोडेर छनोटमा तालिकाको दोस्रो स्थानमा रहेको छ । चिली ५ खेलबाट ५ अंक जोडेर छैटौ स्थानमा छ । शीर्षस्थानको ब्राजिलको भने ४ खेलबाट १२ अंक छ ।
यस्तै, अर्को छनोट खेलमा बोलिभियाले भेनेजुएलालाई ३१ले पराजित गरेको छ भने उरुग्वे र पराग्वेले गोलरहित बराबरी खेलेका छन् ।