वैदेशिक रोजगारीका सबै निकाय अब अनलाईनमा, विदेशमकाे जेल परेका कामदारको मुद्धा सरकारले लडिदिने

Share this
770shares

विराटनगर,असार १३
ठगी नियन्त्रण तथा सेवा प्रवाहमा गुणस्तर आउने विश्वासले सरकारले आगामी २० दिनभित्रै वैदेशिक रोजगारी सम्बन्धी सबै सेवा अनलाईनबाटै उपलब्ध गराउने भएको छ । श्रम मन्त्री गोकर्ण विष्टले प्रतिनिधी सभामा सम्बोधन गर्दै आगामी २० दिनभित्र वैदेशिक रोजगारसँग सम्बन्धीत सबै खाले सेवाहरु अनलाईनबाटै प्रवाह हुने घोषणा गरेका हुन् ।

Advertisement

उनले कुटनीतिक नियोग, श्रम कार्यालय, वैदेशिक रोजगार विभाग, मेनपावर कम्पनी, इन्स्योरेन्स कम्पनीहरुलाई अनलाईनबाट जोड्न लागेको बताए।सम्बोधनमा मन्त्री विष्टले सातवटै प्रदेशमा श्रम कार्यालय स्थापीत गरिसकेको जानकारी पनि गराए ।

विदेशमा बिभिन्न मुद्धा लागेका नेपाली कामदारहरुको मुद्धा समेत अब सरकारले नै लडिदिने भएको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा बिभिन्न देशका जेलहरुमा रहेका नेपालीहरुको मुद्धा लड्ने व्यवस्था मिलाउन लागेको हो । हाल बिभिन्न मुलुकका जेलहरुमा ३३५ जना नेपाल रहेका छन् ।

Advertisement

चालु आर्थिक बर्षमा मात्रै १८ वटा देशमा ७७७ जना नेपालीले ज्यान गुमाएका छन् । हालसम्म ६ हजार ६ सय ५९ जना नेपालीले विदेशमै ज्यान गुमाउन परेको छ । हालसम्म विदेशी अस्पतालमा २३ जना नेपाली कोमामा रहेका छन् । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top