×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चिनियाँ खोप लगाएका पाकिस्तानीलाई साउदी अरबले भिषा नदिने

२४ जेष्ठ २०७८

२४ जेष्ठ, एजेन्सी ।
चिनियाँ खोप लगाएका पाकिस्तानीलाई भिषा दिन साउदी अरबले अस्वीकार गरेको छ।

खोप राहदानी नीति अंगिकार गरेको उसले रोजगारी, कारोबार वा हजका लागि साउदी जान चाहेका चिनियाँ खोप लगाएका पाकिस्तानीलाई भिषा नदिएको हो।

Advertisement
Advertisement

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानका गृहमन्त्री शेख रसिद अहमदले आफ्ना नागरिकलाई साउदी प्रवेशका लागि सहज बनाउनेबारे कुटनीतिक स्तरमा छलफल भइरहेको बताएका छन्।

उनले प्रधानमन्त्री इमरान खानले चिनियाँ खोपलाई प्रयोगको अनुमति नदिएका देशहरुसँग कुटनीतिक रुपमा छलफल गरिरहेको बताएका छन्।

साउदी अरबलगायतका केही मध्यपूर्वी एसियाली देशहरुले चिनियाँ खोपलाई प्रयोगको अनुमति दिएका छैनन्। तर विश्व स्वास्थ्य संगठनले भने चिनियाँ कम्पनी सिनोफार्म र सिनोभ्याकले उत्पादन गरेको खोपलाई प्रयोगको अनुमति दिइसकेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार साउदी अरबले फाइजर, एस्ट्राजेनेका, मोडर्ना र जोनसन एण्ड जोन्सनको कोरोना खोपलाई प्रयोगको अनुमति दिएको छ।

साउदीले चिनियाँ खोप लगाएकालाई मुलुक प्रवेश गर्न नदिने भएपछि पाकिस्तानले हज गर्न जानेहरुका लागि अन्य कम्पनीको खोपको व्यवस्था गर्ने आश्वासन दिएको छ।

Advertisement

पाकिस्तानले हजका लागि स्वीकृति पाएकाहरुलाई एक महिनाभित्र फाइजरको खोपको व्यवस्था गर्ने तयारी गरेको हो।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top