×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोटेश्वर-जडीबुटी सुरुङमार्ग : डीपीआर नबन्दै १८० करोड बजेट

२५ जेष्ठ २०७८

२५ जेठ, काठमाडौँ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष (आव) २०७८÷७९ को बजेट वक्तव्यमा तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग बनाउने विषयलाई निरन्तरता दिएका छन् ।

Advertisement
Advertisement

अरनिको राजमार्गअन्तर्गतको यस खण्डमा सुरुङमार्ग बनाउने घोषणा गर्ने पहिलो अर्थमन्त्री भने तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा हुन् ।

उनले २०७४÷७५ को बजेट वक्तव्यको बुँदा १२१ मा कोटेश्वर–सूर्य विनायकमा सुरुङमार्ग बनाउने घोषणा गरेका थिए । उक्त बजेटमा यो सुरुङमार्ग पर्यटन पूर्वाधारमा राखिएको भए पनि त्यस यताका बजेटमा भने यसलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सुरुङमार्ग योजनामा राखिँदै आएको छ ।

हालसम्मका पाँचओटा बजेट वक्तव्यमा प्राथमिकताका साथ प्रवेश पाएको यो खण्डको सुरुङमार्ग काठमाडौंको कोटेश्वरको सवारी चापलाई व्यवस्थित गर्न निर्माण गरिने भएको हो ।

तर, हालसम्म पनि सुरुङमार्गसहित बन्ने भनिएका अन्डरपास वे, प्mलाइओभर बनाउन न विस्तृत अध्ययन छ न त विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नै तयार पार्न पहल भएको छ ।

डीपीआर नबने पनि अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत उक्त खण्डमा सुरुङमार्ग बनाउन रू. १ अर्ब ८० करोड बजेट विनियोजन गरेका छन् । चालू आवमा नै सुरुङमार्ग निर्माण प्रारम्भ गरिने बजेटमा उल्लेख गरिएको छ ।

Advertisement

सडक विभागले हालै उक्त खण्डको सम्भाव्यता अध्ययन सम्पन्न गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)लाई विस्तृत अध्ययन गर्न पत्राचार गरेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top