निषेधाज्ञामा अनलाइन व्यापार र होम डेलिभरी नरोक्न सर्वोच्चको अन्तरिम आदेश

२५ जेठ ७८, मंगलबार
Share this
688shares

२५ जेठ, काठमाडौँ ।

Advertisement

सर्वोच्च अदालतले निषेधाज्ञामा अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ–कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्न आदेश जारी गरेको हो ।

Advertisement

‘यस्तो अवस्थामा बजारमा भीडभाड कम गरी सकेसम्म नागरिकलाई घर बाहिर जान नपर्ने वातावरण सिर्जना गर्न ई कमर्सको माध्यमबाट तत्कालीन २०७७मा जारी गरिएको मापदण्ड तथा उक्त मापदण्डको अनुसुची १ मा तोकिएको अत्यावश्यक वस्तुहरूमा सम्पूर्ण स्वस्थ्य सुरक्षाको उपायहरू अवलम्बन गरी अनलाइन माध्यमबाट खरिद बिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने कम्पनीहरूलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रवाह गर्ने काम रोक्ने कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ।’ आदेशमा भनिएको छ

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top