यस वर्ष मनसुनजन्य विपदबाट १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान

२७ जेठ, काठमाडौं ।

आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

अहिले देशका धेरै ठाउँमा बादल लागेर केही ठाउँमा सामान्य पानी परिरहेको छ भने दिउँसोपख धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए ।

मनसुनी प्रणाली पनि नेपाल नजिकै आइसकेकाले भोलि बेलुकीपख वा पर्सिसम्म मनसुन भित्रने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच यस वर्ष बाढी, पहिरोलगायत मनसुनजन्य विपदबाट १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

गएको वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति ब्यहोरेको र यस वर्ष औसतभन्दा धेरै पानी पर्ने आकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् ।

बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै बढी पानी पर्ने आकलन सार्वजनिक गरिसकेकाले सबै सचेत हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top