×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

श्रम स्वीकृति हप्तामा दुई दिन

२८ जेष्ठ २०७८

२८ जेठ, काठमाडौं ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

Advertisement
Advertisement

यसअघि प्रत्येक बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि अब भने हप्तामा आइतबार र बुधबार गरी दुई दिन प्रदान गर्ने सो कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गर्दै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेपछि भौतिक रूपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृति बन्द भएको थियो ।

गएको जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै सो कार्यालयले पनि व्यक्तिगत श्रम स्वीकृति कार्यालयमा भौतिक रूपमा उपस्थित भएर प्रदान गर्न थालेको हो तर यो सेवा यसअघि बायोमेट्रिक नभएका व्यक्तिका लागि मात्र रहेको जनाइएको छ ।

बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभई अनलाइनबाटै श्रम स्वीकृति लिनसक्ने व्यक्तिले अनलाइनबाटै पनि सेवा लिन सक्छन् । अनलाइनबाटै हुने कामका लागि कार्यालयमा उपस्थित नहुनसमेत विज्ञप्तिमार्फत सो कार्यालयले आग्रह गरेको छ ।

यसैबीच वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेका लागि दिइने अभिमुखीकरण तालिम स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

पछिल्लो समय कतारलगायत टर्की र चीनका लागि अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । योसँगै वैदेशिक रोजगारीमा जानेका लागि स्वास्थ्य मापदण्ड अपनाएर मात्रै तालिम दिन अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई विभागले निर्देशन दिएको हो ।

Advertisement

विभागले इजाजत प्राप्त संस्थाले नै स्वास्थ्य मापदण्ड पालना नगरी तालिम सञ्चालन गरिरहेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डका निर्देशनको पालना गरे वा नगरेको विषयमा विभागले थप निगरानी गरिरहेको भन्दै निर्देशनको पालना गर्न तालिम प्रदायक संस्थालाई सचेतसमेत गराएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top