भारतमा ७० दिनपछि एकैदिनमा सबैभन्दा कम सङ्क्रमित

२९ जेठ, एजेन्सी ।

भारतमा कोरोनाभाइरसबाट ७० दिनपछि एकैदिनमा सवैभन्दा कम सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

Advertisement

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले अवस्था सकारात्मक हुदै गएको भन्दै खुशी व्यक्त गरेको छ ।

नयाँ सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९३ लाख ५९ हजार १५५ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

कुल सङ्क्रमितमध्ये १० लाख ८० हजार ६९० जना अझै पनि सङ्क्रमित अवस्थमै रहेको अधिकारीहरूले जानकारी दिएका छन् । पछिल्लो एक दिनमा ४० हजार ९८१ जना कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भएको मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार दुई जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भई मृत्यु भएकाहरुको कुल सङ्ख्या तीन लाख ६७ हजार ८१ पुगेको छ ।

भारतमा अहिलेसम्म सङ्क्रमण मुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ७९ लाख ११ हजार ३८४ पुगेको अधिकारीहरुले जनाएका छन् । यसरी हेर्दा कुल सङ्क्रमित मध्ये ९५.०७ प्रतिशत सङ्क्रमण मुक्त भएको देखिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top