२९ जेठ, सप्तरी ।
अवैध घरेलु हतियारसहित नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बीओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायव नीरिक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा गस्तीमा खटिएको टोलीले मण्डललाई गएराति पक्राउ गरेको हो ।
हतियारसहित नेपाल प्रवेश गर्न लागेका मण्डललाई सप्तरीको बोदे बरसाईन नगरपालिका–९ स्वर्णपट्टीमा पर्ने दशगजा क्षेत्रबाट पक्राउ गरिएको छ । पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको नीरिक्षक यसमालीले बताए ।