विश्वकप छनोट खेल्न कुवेत पुगेको नेपाली टोली आज स्वदेश फर्किँदै

विश्वकप छनोट खेल्न कुवेत पुगेको नेपाली टोली आज स्वदेश फर्किँदै

३० जेठ, काठमाडौं ।

फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आइपुग्ने भएको छ ।

नेपाली टोली कुवेतबाट कतारको दोहा हुँदै काठमाण्डौ ओर्लने छ । नेपालले चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

छनोटको खेलअघि इराकसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।

छनोटको समूह ’बी’मा रहेको नेपालले ८ खेलमा ६ अङ्क जोड्यो । नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना सकिसकेको छ तर प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.