म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन

३० जेठ, एजेन्सी ।

Advertisement

विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको “सम्पन्न सात” ९जी–७० को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् ।

बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका हुन् । शनिबार भएको प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ ।

Advertisement

बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दवाव दिन पनि जी–७ का नेताहरुलाई आग्रह गरेका थिए ।

प्लेकार्ड सहित उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए ।

Advertisement

प्रदर्शनमा सहभागी एक बर्मेली युवाले भने, “म्यानमारमा भएको सैनिक शासनका विरुद्धमा र लोकतन्त्र पुनस्र्थापनाका लागि बोल्न मात्रै होइन, काम पनि गर्न हामीले जी–७ का नेताहरुको ध्यानाकर्षण गराउन खोजेका हौँ, त्यो अनुसार केही काम हुने अपेक्षा गरेका छौँ ।”

प्रदर्शनमा सहभागीहरु आफ्नो देशमा लोकतन्त्र खोसिएको र तानाशाही शासन व्यवस्था लादिएको भन्दै चिन्तित र आक्रोशित देखिएका थिए ।

म्यान्मारमा गत फेब्रुअरी १ देखि सैनिक शासन लागु भएको छ । सेनाले सरकार तथा दलका नेताहरुलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ ।

हालै भएको आमनिर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गर्नका लागि शासन हातमा लिनु परेको स्पष्ट पार्ने गरेको छ ।

त्यतिबेलाको निर्वाचन निश्पक्ष नभएकाले अब निश्पक्ष निर्वाचन गराउने सेनाको दावी छ । त्यसका लागि एक बर्षे सङ्कटकाल समेत घोषणा गरिएको छ ।

सेनाले सत्ता हातमा लिएपछि त्यसका विरुद्धमा म्यान्मारमा नागरिक आन्दोलन भइरहेको छ भने आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु पनि भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top