धान दिवस मनाउने तयारी

३० जेठ ७८, सोमबार

३१ जेठ, काठमाडौं ।

Advertisement

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ ।

कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले सो दिवस मनाउने तयारीका लागि आइतवार मातहतका निकायसँग छलफल गरेको छ ।

Advertisement

विभागका महानिर्देशक डा. गोविन्द शर्माले कोभिड–१९ का कारण जारी निषेधज्ञाले गर्दा १८औँ धान दिवस धुमधामसाथ मनाउन नपाए पनि भौतिक दूरी कायम गरी सरकारले तोकेको मापदण्ड अनुसार कार्यक्रम गर्ने तयारी थालिएको बताए ।

खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद्को परिसरमा धान रोपेर र समान्य अन्तक्र्रिया गरी दिवस मनाउने तयारी भइरहेको उनले बताए । उनले एक हप्ताका लागि निषेधाज्ञा थपिएको र त्यतिबेलासम्म अझ केही खुकुलो भए र महामारी कम भए कार्यक्रममा केही फेरबदल हुनसक्ने पनि बताए ।

Advertisement

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मङ्सिर २९ गतेको मन्त्रीपरिषद्को बैठकबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाउँदै आएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top