वृद्ध हत्या घटनाको अनुसन्धान जारी

३० जेठ ७८, सोमबार

३१ जेठ, पाँचथर ।

फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटोलका वृद्धको आइतबार राति भएको हत्याको घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।

हत्यामा संलग्नको पहिचानका लागि प्रहरीले घटनास्थल आसपासका क्षेत्रका स्थानीयवासी, मृतकका आफन्त तथा पछिल्लो समय सम्पर्कमा रहेकासँग सोधपुछ गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले सङ्घीय प्रहरी एकाइ सुनसरी धरानबाट तालीमप्राप्त दुई कुकुर झिकाई घटनामा संलग्नको पहिचानको प्रयास गरेको थियो । कुकुरले हत्यामा संलग्नको पहिचान गर्न सकेका छैनन् ।

घटना भएको ढिलो गरी जानकारी प्राप्त हुनु, घटनापछि पानी पर्नाले प्रमाण नष्ट हुनु तथा अनुसन्धान गर्नुपर्ने क्षेत्रमा मानवीय गतिविधि बढी हुनुले कुकुरले हत्यामा संलग्नको पहिचान गर्न नसकेको हो ।

कुकुरले हत्यामा संलग्नको पहिचान गर्न नसकेपछि विभिन्न प्राविधिक कोणबाट अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

“विभिन्न प्राविधिक कोणबाट अनुसन्धान भइरहेको छ, केही प्रगति पनि भएको छ”, प्रहरी निरीक्षक विश्वकर्माले भने, “तर निष्कर्षमा पुग्न बाँकी छ ।” प्रहरीले टेकबहादुरसँगको सम्पर्कका व्यक्तिसँग सोधपुछ जारी राखेको छ ।

जोरसाल बजार छेउ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको आइतबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । फिदिम–२ ओदिनमा समेत घर भएका टेकबहादुर श्रीमती कालीमायासहित कुमालेटोलमा बसोबास गर्दै आएको बताइएको छ ।

पक्षघातबाट ग्रसित कालीमायाले घटनाको जानकारी दिन नसक्दा आइतबार बिहान मात्रै घटना सार्वजनिक भएको थियो । मृतकका जेठा छोरा–बुहारी सुनसरीको धरानमा तथा कान्छा छोरा–बुहारी ओदिनमा बसोबास गर्दै आएका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top