चालू खाता २ खर्ब ४७ अर्बले घाटामा

१ असार, काठमाडौँ ।

आर्थिक वर्ष २०७७–७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४.३ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी २३.६ प्रतिशतले बढेको हो । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर २३.१ प्रतिशत छ ।

यसैगरी चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको चालू खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९६ अर्ब १८ करोडले घाटामा रहेकोमा यस वर्ष यस्तो घाटा निकै बढेको छ । चालू खाता घाटाले अन्य देशबाट खुद सापटी लिइएको र चालू खाता बचतले अन्य देशलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

१० महिनाको अवधिमा शोधनान्तर स्थिति पनि ७ अर्ब ७५ करोडले मात्र बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो ।

गत वर्षको असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले घटेर वैशाख मसान्तमा आइपुग्दा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । यसले मुलुकको वैदेशिक आयमा कमी हुन थालेको संकेत गर्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top