×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

१ असार २०७८

१ असार, काठमाडौं ।

सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्ने भएका छन् । अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन अनुसार हरेक असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

Advertisement
Advertisement

केन्द्र सरकारले सात प्रदेश सरकारलाई १ खर्ब ३ अर्ब रुपैयाँका लागि चार किसिमको अनुदानको सीमा दिएको छ । राजस्व बाँडफाँडबाट प्रदेशले झण्डै ६३ अर्ब रुपैयाँ पाउँदैछन्।

यसबाहेक एक खर्बभन्दा धेरै रकममा भने ५५ देखि ६५ अर्ब रुपैयाँ बचत बजेट हुनेछ । गएका वर्षमा जस्तै यो वर्ष पनि प्रदेशहरुको खर्च स्थिति कमजोर छ ।

वैशाख मसान्तसम्म सातै प्रदेशले औसत ३५ प्रतिशत पनि खर्च गर्न सकेका छैनन् । २ खर्ब ६४ अर्ब रुपैयाँको बजेटमध्ये वैशाख मसान्तसम्ममा ९४ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । दुई महिनामा थप २५ प्रतिशत बजेट खर्च हुनसक्दा प्रदेशहरूको औसत खर्च ६० प्रतिशत हुने अनुमान छ ।

गएको वर्षजस्तै ठूलो आकारको बजेट देखाउन केन्द्र सरकारबाट ऋण लिएर पूर्ति गर्ने शीर्षकमा बजेट ल्याइयो भने १० देखि १५ अर्ब रुपैयाँ बजेट बढ्ने सम्भावना रहेको छ । केन्द्र सरकारबाट ऋण नउठाउने गरी बजेट ल्याइयो भने बजेटको आकार चालु वर्षको भन्दा कम हुने सम्भावना रहेको छ ।

आउँदो आर्थिक २०७८÷७९ का लागि प्रदेश–१ सरकाले १६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ अनुदान पाउने भएको छ । प्रदेश–२ का लागि आउँदो वर्षका लागि केन्द्रबाट ५० करोड रुपैयाँ अनुदान बढेको छ ।

गएको वर्ष १३ अर्ब ४० करोड रुपैयाँ अनुदान पाएको यो प्रदेशले आउँदो आर्थिक वर्षका लागि १३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ अनुदान विनियोजन भएको छ । यस्तै केन्द्र सरकारले वाग्मती प्रदेशका लागि दिने अनुदान अरु प्रदेशको तुलनामा निकै घटेको छ ।

आउँदो आर्थिक वर्षका लागि केन्द्र सरकारले वाग्मती प्रदेशका लागि १४ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ । गएको वर्ष १७ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ विनियोजन भएको थियो । वाग्मती प्रदेशमा अनुदान मात्रै ३ अर्ब १४ करोड रुपैयाँले घटेको छ ।

गण्डकी प्रदेशलाई केन्द्र सरकारले आउँदो वर्षका लागि १३ अर्ब २९ करोड रुपैयाँ अनुदान दिने भएको छ । केही दिनअघि मात्रै सरकार परिवर्तन भएकाले सानो आकारको बजेट ल्याउने यो प्रदेशको तयारी रहेको छ । मन्त्रालय बाँडफाँड नभएकाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैँले बजेट सार्वजनिक गर्ने तयारी छ ।

यस्तै गएको वर्षको तुलनामा १ अर्ब ५६ करोड रुपैयाँ धेरै अनुदान पाएको लुम्बिनी प्रदेशले आउँदो वर्षको बजेटको आकार बढाउने तयारी गरेको छ । दाङमा प्रदेश राजधानी बनाउने संरचना विस्तारका लागि पनि यो वर्ष लुम्बिनी प्रदेशले ऋण लिएर पनि बजेटको आकार ठूलो देखाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशलाई केन्द्र सरकारले १५ अर्ब ६१ करोड रुपैयाँ अनुदान दिने भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा आउँदो वर्षका लागि अनुदान मात्रै ७७ करोड रुपैयाँले बढेर १५ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ पुगेको छ । चालु वर्षको १० महिनाको अवधिमा कर्णाली सरकारले २३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ ।

Advertisement

यस्तै सुदूरपश्चिम प्रदेशलाई केन्द्र सरकारले दिने अनुदान रकम ३७ अर्ब रुपैयाँले बढेको छ । आउँदो वर्षका लागि १४ अर्ब ५८ करोड रुपैयाँ केन्द्र सरकारले अनुदान दिने भएको हो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top