महामारीकै बीचमा वैशाख महिनामा मात्रै २४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति

१ असार ७८, बुधबार

२ असार, काठमाडौं ।

वैदेशिक रोजगारीका लागि गएको वैशाख महिनामा मात्रै २४ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि वैशाख महिनामा मात्रै २४ हजार तीन सय ६३ जनाले श्रम स्वीकृति लिएका हुन । श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा धेरै अदक्ष श्रमिक रहेका छन् ।

१० हजार ८ सय २४ जना पुरुष र ८०३ जना महिला गरी ११ हजार ६२७ जनाले अदक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

यस्तै ९ हजार ४५५ जना पुरुष र ७७८ जना महिला गरी १० हजार २ सय ३३ जनाले दक्ष श्रमिकका रूपमा श्रम स्वीकृति लिएका छन् भने २२ सय ९० जना पुरुष र १७१ जना महिला गरी २४ सय ६१ जनाले अर्ध दक्ष श्रमिकका रूपमा श्रम स्वीकृति लिएका छन् । ३४ जना पुरुष र २ जना महिलाले व्यवसायीकमा र ६ जना उच्च सीपयुक्त श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

यो सङ्ख्या पुनः श्रम स्वीकृति, वैधानिकीकरण र नयाँ श्रम स्वीकृति लिनेको हो । कोरोना महामारीको दोस्रो लहरका कारण सरकारले वैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञाको समयमा विभागको कार्यालय बन्द भए पनि अनलाइनमार्फत र अति आवश्यक पर्नेलाई विभागले कार्यालयमै उपस्थित भएर पनि सेवा प्रदान गरेको छ ।

अहिले भने सातामा आइतबार र बुधबार गरी दुई दिन श्रम कार्यालय खुलिरहेको छ । पुनः श्रम स्वीकृतिका लागि भने वैदेशिक रोजगार विभागको कार्यालय धाउन पर्दैन । एक पटक बायोमेट्रिक गरेर विदेश गएको भएमा आफू रहेकै ठाउँबाट अनलाइनमार्फत निवेदन दिन सकिन्छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top