ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, असार १५

पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिकामा बुधबार राती ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकलका चालकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ त २७९२ नम्बरको ट्याक्टर कमल गाउँपालिका ३ चुलाचुली मोडमा विपरित दिशाबाट आउदै गरेको मे १०प १८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ईलाम सोही गाउँपालिका २ बस्ने २६ वर्र्षीय साङगेन राईको मृत्यु भएको हो।

ट्याक्टरको ठ्क्करबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागी दमकस्थित लाईफलाईन अस्तपाल लगिएको थियो। उनको सोही अस्पतालमा राती ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

ट्याक्टरका चालक ट्याक्टर छाडेर फरार भएकाले प्रहरीबाट उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.