बाइडन र पुटिनद्वारा वार्ताको प्रशंसा तर मतभेद यथावत

२ असार ७८, बिहीबार

३ असार, बीबीसी ।
अमेरिका र रुसका राष्ट्रपतिहरूले जिनिभामा भएको उनीहरूको वार्ताको प्रशंसा गरेका छन्।

तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गर्दै रुसले नयाँ शीतयुद्ध नचाहेको बताए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले समान धारणा राखेको बताए।

छलफलमा के भयो
दुई नेताहरू बीचको छलफल झन्डै तीन घण्टा चलेको थियो।

वार्ताका लागि त्यो भन्दा बढी समय छुट्याइएको भएपनि बाइडनले आफूहरूलाई थप समय नचाहिएको र रुससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको बताए।

रुसी नेताका लागि बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार स्वरूप लिएर आएका थिए। पुटिनले बाइडनलाई उपहार दिए वा दिएनन् प्रस्ट भइसकेको छैन।

सन् २०१८ मा हेलसिन्कीमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्दा उनले फुटबल उपहार दिएका थिए। दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएका छन्।

उनीहरूले एक अर्काका देशमा राजदूतहरू पठाउने पनि निर्णय गर्ने छन्। सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए।

तर साइबर सुरक्षा, युक्रेन र हाल अढाई वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नभाल्नीको भविष्य जस्ता विषयमा सहमति भएका कुनै सङ्केत देखिएनन्।

नभाल्नीको जेलमा ज्यान गए त्यसले रुसका लागि भयावह परिणाम निम्त्याउने बाइडनले चेतावनी दिए।

सम्बन्ध सुधारको पहल
शिखर बैठकअघि दुवै पक्षले आपसी सम्बन्ध हालसम्मकै न्यून बिन्दुमा पुगेको बताएका थिए।

पुटिनले बन्दीहरू साटासाटबारे सहमति हुनसक्ने सङ्केत गर्दै सम्झौतामा पुग्न सकिने सम्भावना औँल्याएका थिए।

साइबर हमलाहरूका विषयमा पुटिनले रुस जिम्मेवार नभएको उल्लेख गर्दै आफ्नो देशलाई लक्षित गरी गरिने त्यस्ता अधिकांश हमलाको मूल श्रोत अमेरिका भएको बताए।

बाइडनले संवेदनशील पूर्वाधार जस्तै पानी वा इन्धनमा कुनै किसिमको ह्याकिङ वा आक्रमण अस्वीकार्य हुने र त्यसको प्रतिकार गरिने बताए।

हालै २४ दिन भोक हडतालमा बसेका नभाल्नीका बारेमा अमेरिकी सरोकार खारेज गर्दै पुटिनले उनले कानुन मिचेको र जेल सजाय हुने आफू स्वयंलाई थाहा भएको बताए।

केही समय पहिले जर्मनीमा उपचार गराएर रुस फर्किएका नभाल्नीले आफूलाई पुटिनको आदेशमा स्नायु प्रणालीमा असर गर्ने विष दिइएको बताउने गरेका छन्। त्यसलाई रुसी राष्ट्रपतिले अस्वीकार गर्दै आएका छन्।

रुसले आफ्नो भूमिमा अस्थिरता नचाहेको उल्लेख गर्दै पत्रकार सम्मेलनमा पुटिनले रुस परमाणु शक्ति भएको बारम्बार दोहोर्‍याएका थिए।

बाइडन र पुटिन के सोच्दै घर फर्किएलान् ?

बीबीसीका उत्तर अमेरिका सम्पादक जन सोपेल भन्छन् दुई पक्षबीच रहेका गहिरा मतभेदहरूबारे विस्तृतमा छलफल भएकाले जो बाइडनले यो शिखर बैठकलाई सफल ठान्ने छन्।

उनका अनुसार अमेरिकी राष्ट्रपतिले देशभित्र अमेरिका पुनः फर्किएको र आफू डोनल्ड ट्रम्प नभएको सन्देश यो भ्रमणमार्फत प्रमाणित गर्न खोजिरहेका छन्। त्यस्तै आशय उनले पत्रकार सम्मेलनमा पनि राखे।

तर एअर फोर्स वानको विमानमा स्वदेश फर्किन लाग्दा उनले यदि रुसले साइबर, मानवअधिकार र अरू विषयमा हामीले चाहे जस्तो नगरे हामी प्रतिक्रिया जनाउनेछौँ पनि भनेका छन्। तर कसरी त्यो अझै अस्पष्ट छ।

सोपेल भन्छन् पुटिन चाहिँ अमेरिकी राष्ट्रपति आफूले भनेका कुराहरूबारे के गर्नेछन् भनेर सोच्दै मस्को फर्किनेछन्।
उनले पहिला पनि पश्चिमा नेताहरू देखेका छन्।

उनले बाइडनलाई अरूभन्दा फरक अमेरिकी राष्ट्रपतिका रूपमा पनि हेर्न सक्ने छन्। तर मलाई लाग्छ पुटिनले बाइडनका सीमाहरू परीक्षण गर्नेछन् र अन्ततः कस्तो प्रतिक्रिया जनाउने भनेर बाइडनले निर्णय लिनुपर्नेछ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top