सुनको भाउ आज तोलामा ११ सयले सस्तियो

३ असार, काठमाडौँ । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले सस्तो भएको छ ।

Advertisement

हिजो तोलाको ९३ हजार १ सय रुपैयाँ तोकिएको सुनको मूल्य आज घटेर ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top