प्रशासकिय अधिकृतसँग १५ लाख फिरौती माग्ने कार्यालय सहयोगी पक्राउ

३ असार ७८, बिहीबार
Share this
780shares

३ असार, बारा ।

Advertisement

१५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी सुवर्ण गाउँपालिका–४ हर्दिया टोल बस्ने २८ वर्षीय मुकेश प्रसाद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उक्त फिरौती रकम माग गरी १ घण्टाभित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भनि पटकरपटक फोन तथा मेसेज गरी फिरौती माग गरेको भन्ने अडियो सहितको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यादव उपर अपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top