सरकारले पूर्वतयारी नगर्नू दुःखको विषय : नेपाल पक्ष

३ असार , काठमाडौं ।

Advertisement

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी नगरेको कारण जनताले सास्ती खेप्नु परेको बताएको छ ।

भर्चुअल माध्यमबाट बसेको बैठकले वर्षायाममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय भएको बताएको हो ।

Advertisement

‘मृतकका परिवारलाई आर्थिक सहयोग लगायतका उद्धार र राहतका कार्यहरू प्रभावकारी, निष्पक्ष र पारदर्शीरूपमा उपलब्ध गराउन हामी नेपाल सरकारसंग माग गर्दछौं ।

वर्षायाममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय हो ।’ जारी प्रेस वक्तव्यमा भनिएको छ ।

Advertisement

सो पक्षले समयमै विशेष व्यवस्था गर्नुपर्ने बारेमा राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधिहरू तथा आम जनसमुदायको ध्यान आकर्षितसमेत गरेको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top