तीन दिनदेखि रोकिएको काठमाडौँको फोहर आजदेखि पुनः व्यवस्थापन

३ असार, काठमाडौं ।

तीन दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आजदेखि पुनः व्यवस्थापन हुन थालेको छ । निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर विसर्जनमा समस्या आएको थियो ।

महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाटो पनि बिग्रिएको र सिसडोलमा पनि फोहर राख्ने स्थान कम हुँदा समस्या आएको थियो । तत्कालका लागि समस्या समाधान भएको र आज दिउँसोदेखि फोहर व्यवस्थापन हुन थालेको बताइएको छ ।

विगत १३ वर्षदेखि फोहर व्यवस्थापन हुँदै आएको उक्त स्थानमा हरेक वर्ष वर्षात्को समयमा बाटो बिग्रिएर नियमित फोहर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ । दुई वर्षका लागि भने पनि विगत १३ वर्षदेखि सिसडोलमा फोहर राख्दै आएकाले अहिले उक्त स्थानमा सहजरूपमा फोहरको व्यवस्थापन गर्न सकिँदैन । विगतमा फोहर राखेर बाँकी रहेका केही थोरै–थोरै ठाउँमा फोहर राखिँदै आएको छ ।

वर्षाको समयमा मात्रै होइन, अन्य समयमा पनि स्थानीयवासीले विभिन्न किसिमका माग राख्दै फोहर व्यवस्थापन कार्यमा अवरोध गर्दै आएका छन् । उपत्यकाको फोहरलाई दीर्घकालीनरूपमै व्यवस्थापन गर्ने गरी केन्द्र सरकारले धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा फोहर व्यवस्थापन केन्द्र निर्माणको काम गरिरहेको छ ।

निर्माणको कामका लागि तोकिएको समयभन्दा एक वर्ष ढिला हुँदासम्म सकिएको छन् । गत जेठबाटै पहिलो चरणको निर्माण सकी फोहर व्यवस्थापनको काम गर्ने भने पनि नदीजन्य निर्माण सामग्रीको समस्या भएको भन्दै अहिलेसम्म सुरसार छैन ।

अहिले उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ । त्यसमा कामपाबाट मात्रै ५०० मेट्रिक टन फोहर उत्पादन हुने गर्दछ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्दछ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top