प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

काठमाडौँ, असार १५

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ। बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।

यस्तै बैठकमा ‘विनियोजन विधेयक, २०७५’ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसैगरी, अर्थमन्त्री डा युवराज खतिवडाले ‘विनियोजन विधेयक, २०७५ लाई पारित गरियोस्’ र ‘आर्थिक विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, ‘आर्थिक विधेयक, २०७५’ माथि दफाबार छलफलका लागि दिन तोकिनेछ भने ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘ऋण तथा जमानत (बाइसौँ संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तै सांसदहरुले प्रस्तुत गर्नुभएको विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यक्रम पनि छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.