साउदी जानुअघि कोरोना खोप लगाए/नलगाएको बारे अनिवार्य अनलाइन दर्ता गर्नुपर्ने

४ असार, काठमाडौँ । साउदी जानुअघि कोरोना खोप लगाए/नलगाएको बारे अनिवार्य अनलाइन दर्ता गर्नुपर्ने भएको छ ।

Advertisement

साउदीको सरकारी निकायले विदेशी नागरिक सबैले खोप लगाए नलगाएको बारे प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्नुपर्ने जनाएको छ ।

प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्दा अध्यागमन प्रक्रिया पनि सहज हुने र साउदी प्रवेश गर्दा यात्रुले गर्नु पर्ने प्रक्रियाका लागि पनि धेरै समय कुर्न पर्ने छैन ।

Advertisement

अनलाइनमार्फत खोपको अवस्थाबारे खाडी राष्ट्रका नागरिकहरू, नयाँ भिसा लिएर जाने विदेशी नागरिक, बसोबासको भिसा भएकाहरू र उनीहरूसँग जाने सहयात्रीले पनि दर्ता गर्न पर्नेछ ।

साउदीले कोरोना सङ्क्रमण रोकथाम र साउदीमा बसोबास गरिरहेका नागरिकको सुरक्षाका लागि यस्तो नियम ल्याएको जनाएको छ । यसले थप कोरोना फैलनबाट रोकिने साउदी सरकारले विश्वास लिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top