काठमाण्डौ महानगरले सिन्धुपाल्चोकका थप दुई पालिकालाई ५०र५० लाख दिने

४ असार ७८, शुक्रबार
Share this
731shares

५ असार, काठमाडौं ।

Advertisement

काठमाडौ महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई पचास÷पचास लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगर सभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काठमाण्डौ महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

Advertisement

मेलम्ची नदीमा आएको बाढी र त्यसले गरेको जन–धनको क्षतिपछिको राहत तथा उद्धारका लागि त्यो रकम सहयोग गर्ने घोषणा गरेको मेयर शाक्यले जानकारी दिए ।

मेलम्ची नगरपालिका काठमाण्डौ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित नगर हो । मेलम्चीलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं १० मेलम्ची बजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top