मौद्रिक नीतिका लागि सुझाव माग

५ असार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) २०७८÷७९ लाई लक्षित गर्दै मौद्रिक नीतिमा सरोकारवालाहरूबाट राय÷सुझाव माग गरेको छ । केन्द्रीय बैंकले बिहीवार एक सूचना जारी गर्दै इमेलमार्फत सुझाव दिन सम्बद्ध सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

गतवर्षझैं साउन पहिलो सातातिर मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले सुझाव संकलन शुरू गरेको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले जानकारी दिए । सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म आवश्यक लिखित सुझाव पेश गर्नुपर्नेछ ।

आवश्यक सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना ‘मोनेटरीपोलिसी याट दि रेट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन उनले आग्रह गरेका छन् । साथै, बालुवाटारस्थित केन्द्रीय बैंकको उक्त विभागको ठेगानामा समेत सुझाव पठाउन सकिनेछ ।

केन्द्रीय बैंकमा केही संघसंस्थाले सुझाव पठाइसकेको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । अन्य संस्थाबाट पनि सुझाव संकलन गर्न केन्द्रीय बैंकले सूचनामार्पmत जानकारी दिएको हो । नेपाल उद्योग परिसंघ (सीएनआई)को बैंक तथा वित्तीय संस्था कमिटीले सुझाव दिन अध्ययनको तयारी गरिरहेको जानकारी दिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top