महाकाली नदीको बहाव घट्दो क्रममा

४ असार ७८, शनिबार

५ असार, काठमाडौं ।

महाकाली नदीमा जल सतह घट्दो क्रममा रहेको छ ।

शुक्रबार रातिसम्म बढ्दै गएको महाकाली नदीमा पानीको बहाव शनिबार बिहानदेखि घट्दै गएको हो । सदरमुकाम खलङ्गा झोलुङ्गे पुल नजिक पानीको सतह घटेर ४.२ मा झरेको छ । गएराति १० बजे सो स्थानमा पानीको बहाव ४.५ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको थियो ।

“पानीको बहाव कम हुँदै गएको छ”, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले भने, “तर खतरा भने कायमै छ ।” प्रहरीले निरन्तर नदीछेउछाउ गएर खतराको बारेमा जानकारी गराइरहेको छ ।

सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरिरहेको उनको भनाइ छ । यस्तै प्रहरीले सबै क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरिरहेको उनले बताए।

दार्चुलाको महाकाली नगरपालिका तथा मालिकार्जुन, लेकम, व्याँस र दुहुँ गाउँपालिकालगायत क्षेत्रमा महाकाली नदी किनारमा स्थानीयवासीलाई जान नदिन प्रहरीले सबै युनिटहरुलाई खबर गरेको छ ।

यसैगरी स्थानीय प्रशासनले नदीछेउछाउमा नजान स्थानीयवासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना जारी गर्दै नदीमा पानीको मात्रा नघटेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन्।

मनसुन जारी रहेकाले अहिले नै कम भयो भन्दै नदी किनारतिर काठ निकाल्न, बालुवा झिक्न र माछा मार्ने काम नगर्न नगराउन प्रजिअ जोशीले आग्रह गरेका छन् । शुक्रबार महाकाली नदी नियन्त्रण आयोजनाको बङ्गाबगड क्षेत्रको निर्माणाधीन तडबन्ध माथि नदी पुगेको थियो ।

महाकाली नदी निर्माणाधीन तटबन्धमा पुगे पनि क्षति नभएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top