×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

स्वीस बैंकमा निक्षेप : बढी रकम जम्मा गर्ने दक्षिण एशियाली मुलुकमा नेपाल चौथो

६ असार २०७८

६ असार, काठमाडौं ।

स्वीस बैंकमा नेपालीहरूले जम्मा गरेको निक्षेप मौज्दात रकमको आधारमा नेपाल दक्षिण एशियाका देशहरूमा चौथो नम्बरमा रहेको पाइएको छ ।

Advertisement
Advertisement

स्वीस केन्द्रीय बैंकले सार्वजनिक गरेको विदेशीहरूको निक्षेपसम्बन्धी विवरणअनुसार बढी निक्षेप राख्नेमा भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल रहेको छ ।

सर्वाधिक बचतको हिसाबले दक्षिण एशियामा पहिलो नम्बरमा भारत छ । भारतको २ अर्ब ५५ करोड २६ लाख, दोस्रोमा पाकिस्तानको ६४ करोड २२ लाख, बंगलादेशको ५६ करोड २९ लाख (स्वीस फ्रयाङ्क) बचतमा रहेको सार्वजनिक गरिएको तथ्यांकले देखाउँछ । त्यसपछि चौथोमा नेपाल रहेको छ ।

सार्वजनिक तथ्यांकअनुसार २०१९ मा स्वीस बैंकमा नेपालीको निक्षेप १७ करोड ५९ लाख स्वीस फ्रयाङ्क अर्थात् रू. २२ अर्ब ५३ करोड रहेको थियो । सन् २०२० मा ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्वीस फ्रयाङ्क (शनिवारको विनिमय दरअनुसार नेरू. ४६ अर्ब २२ करोड) निक्षेप रहेको छ ।

नेपालमा माओवादी द्वन्द्व शुरू भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्वीस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ । स्वीस नेशनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार १९९६ मा ४ करोड ७५ लाख स्वीस फ्रयाङ्क जम्मा गरेको देखिन्छ ।

द्वन्द्वकालको १० वर्षे अवधिमा ८ करोड ९७ लाख स्वीस फ्रयाङ्क स्वीस बैंकमा जम्मा गरेको तथ्यांकले देखाउँछ । स्वीस बैंकहरूले पहिलेदेखि नै आफ्ना ग्राहकको व्यक्तिगत सूचना सार्वजनिक नगर्ने भएकाले नेपालीहरूले पनि गैरकानूनी ढंगले कमाएको पैसा राखेका हुन सक्ने आकलन गरिँदै आएको छ ।

स्वीस बैंकमा जम्मा भएको यो रकम विदेशमा रहेका नेपालीहरूको समेत भएको बताउने गरिएको छ । २०२० मा ट्याक्स जस्टिस नेटवर्कले वित्तीय गोपनीयता सूचकमा स्वीजरल्यान्डलाई तेस्रो स्थानमा राखेको थियो ।

नेपालमा पछिल्ला वर्षहरूमा भ्रष्टाचार मौलाउँदै जानु र पारदर्शिता कमजोर भएकाले अनुचित कार्यबाट आर्जेको रकम स्वीस बैंकमा गएको हुनसक्ने धेरैको अनुमान छ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ मा नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, कम्पनी तथा फर्ममा लगानी गर्न नपाउने व्यवस्था गरेको छ ।

यही कारण स्वीस बैंकमा रहेको नेपालीहरूको रकमलाई कानूनी रूपमा नेपालमा मान्यता दिइँदैन । विगतदेखि नै ठूलो रकम स्वीस बैंकमा बचत भइरहे पनि नेपाल राष्ट्र बैंकले भने त्यो रकम वैध हो वा अवैध भन्नेबारे न त छानविन गर्न सकेको छ न यसबारे आधिकारिक रूपमा केही प्रतिक्रिया दिने गरेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले स्वीस बैंकमा नेपालीहरूको रकम जम्माबारे राष्ट्र बैंक बेखबर रहेको बताए ।

Advertisement

यो समाचार आजको आर्थीक अभियानमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top