मेलम्चीमा आएको बाढीमा २३ जना बेपत्ता, सयौँ विस्थापित

५ असार ७८, आइतबार

६ असार, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा २३ जना हराएका छन् ।

भेमाथाङ चौरमा गएको पहिरोसँगै मेलम्ची नदीमा मङ्गलवार आएको बाढीमा परि चार जना महिलासहित २३ जना हराएका गाउँपालिकाले विज्ञप्ति निकालेर जानकारी दिएको छ । बाढीमा बेपत्ता हुनेहरुमा १५ जना स्थानीय बासिन्दा र आठ जना मेलम्ची खानेपानी आयोजनामा काम गर्नेहरु रहेका छन् ।

मेलम्ची खानेपानी आयोजनामा काम गर्ने तीन जना चिनियाँ, तीन जना भारतीय र दुई जना नेपालीलाई बाढीले बगाएको हो । बाढीबाट मेलम्ची बजारमा भएको क्षतिको चर्चा भए पनि हेलम्बुमा पनि ठूलो जनधनको क्षति भएको थियो। सञ्चार सम्पर्क हुन नसक्दा हेलम्बुको विवरण ढिला गरी आएको हो ।

बाढीले हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको च्युरीखर्क, तिम्बु, हल्दे, आम्बाथानका २८ घर टहरा बगाएको छ । वडा नम्बर २ को पुरानो चनौटे बजार–मुक्तिटार–गणेश बजार–किउलसम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले एक सय १२ परिवार विस्थापित भएका गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चनौटेको मुख्य बजारका झण्डै २५ पसल बाढीले बगाएको छ । चनौटेको धेरैजसो घरमा क्षति पुगेको छ । किउलमा रहेको इलाका प्रहरी कार्यालयको भवन पनि बगाएको छ । वडा नम्बर ३ को भण्डारी सिममा रहेका तीन घर पनि बाढीले बगाएको छ ।

बाढीले ६ वटा झोलुङ्गे पुल र तीन वटा मोटरेबल पुल बगाएको गाउँपालिकाले जनाएको छ । तिम्बुमा रहेको मेलम्ची खोलाको पुल, दङतोम्बामा रहेको मोटरेबल पुल, चेक्पु र मेलम्चीध्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएको छ ।

यस्तै काठमाण्डौ–मेलम्ची हुँदै हेलम्बु जाने सडकको डुङ्ग्रे बजार खण्डमा झण्डै तीन सय मिटर, चनौटेदेखि गणेशसम्मको झण्डै सात सय मिटर, भूमेश्वरी तितेखानी खण्डको झण्डै पाँच मिटर र किउल–तिम्बु–अम्बाथाङ ५ किलोमिटर सडक क्षतिग्रस्त भएको छ ।

चनौटे चुरेटारको रातो पुल उच्च जोखिममा परेको छ । बाढीले ८ वटा ट्राउट माछा फर्ममा पूर्ण क्षति भएको हेलम्बु गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top