×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

शक्ति समूहकी सुनिता दनुवारले पार्इन् विश्व प्रतिष्ठित हिरो अवार्ड

१५ असार २०७५

विराटनगर,असार १५
मानब बेचबिखान विरुद्ध सक्रिय शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ प्रदान गरेको छ ।अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा दनुवारलाई विदेशमन्त्री माइक पोम्पियोले र अमेरिकी राष्ष्टपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले संयुक्त रूपमा ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्र्ड प्रदान गरेका हुन् ।

अमेरिकाले हरेक वर्ष विश्वभरका १ सय ८० राष्टमध्येबाट बढीमा १० अभियन्तालाई दिने ‘टीआईपी हिरो’ अवार्ड पाउने दनुवार चौथो नेपाली हुन् । यसअघि यो अवार्ड सन् २०११ मा शक्ति समूहकै संस्थापक चरिमाया तामाङलाई दिईएको थियो । यसअघि न्यायाधीश टेकनारायण कुँवर र प्रहरी उपरीक्षक किरण बज्राचार्यले पनि यही अवार्ड पाएका थिए ।

Advertisement
Advertisement

यो अवार्ड अमेरिका सरकारद्वारा स्थापित विश्वकै प्रतिष्ठत मानिन्छ । अमेरीकी विदेश मन्त्रालयले प्रत्येक वर्ष मानव बेचबिखन र आधुनिक दासत्वविरुद्ध जनचेतना जगाउँदै उद्धार र पुनःस्थापना तथा कानुनी लडाइँमा सफलता प्राप्त गर्ने विश्वभरिका अभियन्ताबाट एक जनालाई हिरो छनोट गर्दछ ।

Advertisement
Advertisement

शक्ति समूहले मानब बेचबिखन तथा आधुनिक दासताविरुद्ध २० वर्षदेखि निरन्तर क्रियाशील रहेको छ ।बेचबिखन प्रभावित महिलाहरुको संलग्नतामा स्थापना भएको शक्ति समुह विश्वकै पहिलो संस्था हो । दनुवारले मानब बेचबिखन बिरुद्धको अभियान र बेचबिखन प्रभावितहरुलाई सशक्तिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अमेरीकी बिदेश मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top