×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026

टिम समेट्न देउवालाई दबाब

७ असार, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन्।

Advertisement
Advertisement

सभापति देउवाले १४औं महाधिवेशनमा पनि आफू उम्मेदवार बन्न लागेकाले सहयोग गर्न आग्रह गरेको जानकारी दिँदै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले भनिन्, ‘उहाँले म अन्तिमपटक उठ्ने हो, सहयोग गर्नू भन्नुभएको छ । हामीले उपसभापति निधिसहित सम्पूर्ण टिमलाई एक ढिक्का बनाएर अघि बढ्न भनेका छौं।’

देउवाले उपसभापति निधिलाई अर्को पटक सभापतिको उम्मेदवार बन्न आग्रह गरेका थिए । जवाफमा निधिले आफू धेरै अघि बढिसकेको बताएको देउवाले निकटकालाई सुनाएका छन्।

देउवाले आफू टिमका लागि मात्र नभएर सिंगो पार्टीलाई नै एकढिक्का बनाएर अघि बढ्ने पक्षमा रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन्। ‘म सभापतिमा एकपटक उठ्छु, कुनै दुविधामा नपर्नुहोला,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘विगतमा जस्तै तपाईंहरूबाट सहयोगको अपेक्षा गरेको छु।’

सहभागीले १३औं महाधिवेशनमै १४औं महाधिवेशनमा निधिलाई सहयोग गर्ने आश्वासन तपाईं ९देउवा० ले दिएको र एक वर्षअघि नै निधिले सभापतिमा आफूले उम्मेदवारी दिने भन्दै सहयोग मागेको विषयमा पनि देउवासँग चासो राखेका थिए।

‘सभापतिमा हाम्रो टिमबाट तपाई निर्विकल्प उम्मेदवार हो,’ सहभागी एक नेताले भने, ‘विमलेन्द्र निधिले पनि सभापतिमा दाबी प्रस्तुत गरेको कुरा बाहिर आएको छ। टिमलाई मिलाएर अघि बढ्नुहोस्। तपाईंले १३औं महाधिवेशनमै उहाँलाई छाड्छु भन्नु भएको कुरा के हो रु’

निधिले सभापतिमा आफू उठ्ने भन्दै सहयोग मागेको स्वीकार गर्दै देउवाले यसपटक आफैं उठ्ने र १५औं महाधिवेशनमा सहयोग गर्ने आश्वासन दिएको बताए। तर त्यसलाई धिनिले अस्वीकार गरेको बताउँदै देउवाले भनेका थिए, ‘१३औं महाधिवेशनका बेला मपछि तँ हो भनेको हुँ। १४औं मै भनेको होइन।’

१३औं महाधिवेशनमा देउवाले निधिलाई महामन्त्रीको उम्मेदवार बन्न आग्रह गरेको जानकारी दिँदै एक नेताले भने, ‘अहिले केही पनि उम्मेदवार बन्दिनँ, तपाईंलाई सहयोग गर्छु, १४औंमा जेको उम्मेदवार बने पनि बन्छु भनेका थिए।’

निधिको चाहना उपसभापति बन्ने भए पनि नेता खुमबहादुर खड्कालाई बनाउने एक प्रकारको समझदारी बनेको स्मरण गर्दै उनले भने, ‘उहाँ ९निधि० ले मेरो भूमिका के हुन्छ भन्नुभएको थियो। शेरबहादुरजीले महामन्त्रीको उम्मेदवार बन्न भने पनि उहाँले उठ्दिनँ म अहिले सहयोग गर्छ भन्नुभएको हो।’

१४औं महाधिवेशनमा सहयोग गर्ने भनी दिएको आश्वासनविपरीत देउवा आफैं उम्मेदवार बन्न लागेको भन्दै असन्तुष्ट देखिएका निधि पनि सभापतिमा उम्मेदवारी दिने जनाउँदै तयारीमा जुटेका छन्। यसबाट देउवाका लागि चुनौती थपिएको छ।

Advertisement

विधानले फेरि एक पटक उम्मेदवार बन्ने अधिकार आफूलाई दिएको र पार्टीलाई पुरानै अवस्थामा फर्काएर विराम लिने देउवाको दाबी स्वभाविक भएको र उपसभापतिको जिम्मेवारीमा पुगिसकेको नेताले अर्को महाधिवेशनमा आफू नेतृत्वका लागि असान्दर्भिक हुने भएकाले अहिले नै नेतृत्वको दाबी गर्नु अस्वाभाविक नभएको केन्द्रीय सदस्य मीन विक बताउँछन्। यो समाचार नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top