×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाढी पहिरोले ठप्प भएका १६ ठाउँका सडक खुलाउन समस्या

७ असार, काठमाडौं ।

बाढी पहिरोले ठप्प भएकामध्ये १६ ठाउँका सडक खुलाउन समस्या भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पहिरो पन्छाउन कठिनाइ भएका कारण सडक कहिले खुल्छ भन्ने निश्चित नभएको सडक विभागले जनाएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् ।

Advertisement
Advertisement

डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला सडक बन्द छन् ।

त्यस्तै, साँफेबगर–मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत बाजुराको बार्जुगाड र हड्डे खोला, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको त्रिशूली खोला, मुगुको घच्चीलेक, कालीकोटको भिग्म सडक, सुर्खेतको भेरी करिडोर सडक खुलाउन समस्या छ ।

सडक खुलाउने प्रयास भने भइरहेको विभागले जनाएको छ । विभागकाअनुसार बाढी पहिरोका कारण ५२ ठाउँमा सडक बन्द रहेकोमा ११ ठाउँमा दुईतर्फी र २५ ठाउँमा एकतर्फी खुलाइएको छ ।

Advertisement

१६ ठाउँमा अझै बन्द छ । मनसुन सुरु नहुँदै सडक विभागले बाढी पहिरोले सडक बन्द भइहाले तत्काल खुलाउने गरी तयारी भइरहेको जनाएको थियो । विभागका अनुसार बन्द सडक खुलाउन देशका विभिन्न एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top