टिपर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

६ असार ७८, सोमबार

७ असार, काठमाडौं ।

पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४÷४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top