ड्युटीमा खटिएका सिपाहीले आफैलाई हाने गोली !

६ असार ७८, सोमबार

७ असार, एजेन्सी ।
वीरगंजमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाहीले स्वयंलाई गोली हानेका छन् ।

Advertisement

उनी आफैले बोकेको एन १६ राइफलबाट आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ। पर्साको पोखरिया नगरपालिका ५ सतवरियाका २२ वर्षे श्यामबाबु प्रसाद चौहानले ब्यारेकभित्रको पोस्टमा ड्युटीमा खटेको बेला गएराती साढे ८ बजे आफुलाई गोली हानेका हुन् ।

अचानक गोली पड्केको अवाज सुनेर अन्य सेनाका सिपाही गएर हेर्दा चौहानले चिउँडो मुनिबाट आँखाको मुनिबाट निसेकिने गरि गोली हानेका थिए।

Advertisement

त्यसपछि उनलाई तुरुन्त नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरि नेसनल मेडिकल कलेज वीरगंजमा लगिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश कुवरले जनाए। घटना भएको केही बेरमा अस्पताल लगिएको छ, रक्त श्राव धेरै भएको छैन, मुख, दाँत र नाकमा घाउ छ, अवस्था गम्भीर नै छ, उनले भने।

उनले आफैलाई किन गोली हान्ने अवस्थामा पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top