बाढीले रुकुमपश्चिमको बैरागीठाँटी र सोलाबाङलाई जोड्ने निर्माणाधीन पुल भत्कियो

७ असार, रुकुम । बाढीका कारण रुकुम पश्चिमको बैरागीठाँटी र सोलाबाङलाई जोड्ने निर्माणाधीन पुल भत्किएको छ ।

Advertisement

मुसिकोट नगरपालिका वडा नं ५ बैरागीठाँटीमा बन्दै गरेको पक्की पुल बैरागी खोलामा आएको बाढीका कारण गएराति भत्किएको हो ।

पुलमा ढलानको काम सकिएको थियो । ३५ मिटर लम्बाइ रहेको पुल गएको वर्ष नै सम्पन्न हुनुपर्ने भएपनि काम नसकिएपछि निर्माण कम्पनीले एक वर्ष समय थप गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top