एमाले रोजेका पालिकाका १४ जनप्रतिनिधिलाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगमा माओवादीको पत्र

७ असार, काठमाडौं ।

माओवादी केन्द्रले नेकपा विभाजनपछि एमाले रोजेका पालिकाका जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा पत्र बुझाएको छ । एमाले रोजेका माओवादी पृष्ठभूमिका पालिकाका १४ जनप्रतिनिधिलाई पदमुक्त गराउन माओवादी केन्द्रले विवरणसहित पत्र आयोगमा बुझाएको हो ।

सोमवार बिहान बसेको केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले दुई नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यको पद रिक्त गराउन कारबाहीको पत्र बुझाएको छ ।

यसअघि पार्टी त्याग गरेकालाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । माओवादी केन्द्रले यसअघि पनि निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको भए पनि आयोगले केन्द्रीय कमिटीको बैठकले कारबाहीको निर्णय नभएको भन्दै पार्टी परित्याग गरेको सूचना जारी गरेको थिएन ।

पार्टीबाट हटाइएका नेताकाबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै हिजो माओवादी केन्द्रका नेताहरू आयोगमा पुगेर ध्यानाकर्षण गराएका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top