राप्रपाको नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ : पूर्वमन्त्री गौचन

७ असार, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री जगतप्रसाद गौचनले राप्रपाको गौरवमय विरासतलाई निरन्तर राख्न पुस्तान्तरण आवश्यक रहेको बताएका छन् । जसको नीति उसैको नेतृत्वको नारा अघि सार्दै नेतृत्वको भार थाम्न आफू तयार रहेको गौचनले घोषणा गरेका छन् ।

राजसंस्था र हिन्दुराष्टको लक्ष्य अवसरवाद र सत्ता लोलुपताले अवरोध गरेको उनको निष्कर्ष छ । यसकारण दोस्रो पुस्ताको निष्ठावान, सक्कली पात्रलाई नेतृत्वको जिम्मेवारी दिनु अपरिहार्य भएको गौचनको दावी छ ।

राप्रपालाई नयाँ उचाईमा पुर्याउन अग्रसर रहे पनि दोस्रो पुस्ताको अरु कोही इच्छुक भए, पूर्ण सहयोग गर्न तयार रहेको उनले सोमबार एक विज्ञप्तिमा भने । ‘जसको नीति उसैको नेतृत्वलाई व्यवहारमा उतार्न, राजसंस्था र हिन्दुराष्ट्रको लक्ष्य प्राप्त गर्न र राप्रपालाई नयाँ उचाईमा पुर्याउन देशभरीका साथीहरुको सल्लाह र समर्थनमा भार थाम्न म अग्रसर छु । हैन दोस्रो पुस्ताको अरु कोही साथी इच्छुक भए, पूर्ण सहयोग गर्न समेत तयार छु ।’

नेता गौचनले भने, ‘राप्रपाको गौरवमय इतिहास र विरासतलाई निरन्तर राख्न दोस्रो पुस्ताको सार्थक भूमिका जरुरी भएको छ । पार्टीको हर तह र तप्कामा यही माग र बहस जारी छ । समयको मागबाट पछि फर्कने अवस्था छैन ।’

संस्थापक अध्यक्षद्वय सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले २०५९ सालमा सफलतापूर्वक नेतृत्व हस्तान्तरण गरेको उनले दृष्टान्त प्रस्तुत गरे ।

‘पोखरामा सम्पन्न २०५९ सालको महाधिवेशनमा तत्कालीन पहिलो पुस्ता, संस्थापक अध्यक्षद्वय श्रद्धेय सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले तत्कालीन दोस्रो पुस्तामा सफल र सहज रुपमा नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक अभ्यास र राप्रपाको इतिहासमा त्यो परिपक्व नेतृत्व क्षमता, उदारता सुनौलो अक्षरले लेखिएको छ,’ उनले भने ।

‘राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको अकाट्य लक्ष्य हो । तर अवसरवाद, आत्मसमर्पणवाद र सत्ता लोलुपताका कारण विघ्न बाधा आइपरेको छ । त्यसैले निष्ठावान, सक्कली पात्र र उर्जाशील दोस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी सार्नु अपरिहार्य भएको छ ।’गौचनले थपे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top