विदेशी लगानी ३२ प्रतिशतले घट्यो

८ असार, काठमाडौं ।

कोरोना सङ्क्रमणका कारण पर्यटन क्षेत्र थला परेपछि त्यसको प्रत्यक्ष असर नेपाल भित्रिने विदेशी लगानीमा परेको छ । जसको परिणामस्वरूप सन् २०२० मा नेपालको विदेशी लगानी ३२ प्रतिशतले खुम्चिएर १४ अर्ब ७४ करोड रुपियाँमा सीमित भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास सभा (अङ्कट्याड)ले सोमबार सार्वजनिक गरेको विश्व लगानी प्रतिवेदन २०२१ अनुसार अन्य आर्थिक गतिविधिसँग पनि जोडिएको पर्यटन क्षेत्र प्रभावित हुँदा विदेशी लगानी प्रभावित भएको हो ।

प्रतिवेदनअनुसार सन् २०१९ मा भने नेपालले उच्च विदेशी लगानी प्राप्त गरेको थियो । उक्त वर्ष नेपालले २१ अर्ब ६४ करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो ।
पछिल्ला पाँच वर्षमध्ये सन् २०१७ मा ऐतिहासिक रूपमै उच्च अर्थात् २३ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो । सन् २०१८ मा विदेशी लगानी व्यापक घटेर ७ अर्ब ८३ करोड रुपियाँमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियाली मुलुकमध्ये सन् २०२० सबैभन्दा धेरै भारतले ६४ अर्ब डलर विदेशी लगानी भिœयाएको छ । त्यसपछि बङ्गलादेशले दुई अर्ब ५६ करोड, पाकिस्तानले दुई अर्ब १० करोड, श्रीलङ्काले ४३ करोड, माल्दिभ्सले ३४ करोड डलर लगानी भित्र्याएका छन् ।

अफगानिस्तानले केवल एक करोड ३० लाख डलर मात्र लगानी भिœयाएको प्रतिवेदनमा उलेख छ । दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा कम भुटानमा ३० लाख डलर मात्र विदेशी लगानी भित्रिएको छ ।

भारतबाहेक अन्य सबै दक्षिण एसियाली मुलुकको सन् २०२० मा भित्रिएको विदेशी लगानी अघिल्लो वर्षको तुलनामा घटेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top