अब पाँच सदस्यीय मन्त्रिपरिषद्

९ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत बदर गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद् पाँच सदस्यीय बन्न पुगेको हो ।

मन्त्रिपरिषद्मा अब प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानुनमन्त्री लीलानाथ श्रेष्ठ मात्र बाँकी रहेका छन् । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलको उपप्रधानमन्त्री पद भने गुमेको छ ।

गृहमन्त्री खगराज अधिकारी, सञ्चारमन्त्री नैनकला थापा, उद्योगमन्त्री राजकिशोर यादव, कृषिमन्त्री ज्वालाकुमारी साह, वनमन्त्री नारदमुनि राना, संघीय मामिला तथा सामाज्य प्रशासनमन्त्री गणेश पहाडी, प्रधानमन्त्री कार्यालय हेर्नेगरी नियुक्त भएका मन्त्री मोहन बानियाँ र वन राज्यमन्त्री आशाकुमारी विक सर्वोच्चको अन्तरिम आदेशसँगै १२ दिनमा नै पदमुक्त भएका छन् ।

यस्तै, उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ, उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो, ऊर्जामन्त्री शरदसिंह भण्डारी, खानेपानीमन्त्री अनिलकुमार झा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, भूमि व्यवस्थामन्त्री लक्ष्मणलाल कर्ण, श्रममन्त्री विमलप्रसाद श्रीवास्तव, पर्यटनमन्त्री उमाशंकर अरगरिया, महिला बालबालिकामन्त्री चन्दा चौधरी, युवा तथा खेलकुदमन्त्री एकवाल मियाँ छन् ।

यसैगरी, ऊर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला बालबालिका राज्यमन्त्री रेणुका गुरुङ पनि पदमुक्त भएका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले गत २१ जेठमा पहिलोपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका थिए । त्यसपछि २७ जेठमा पुनः मन्त्रिमण्डल विस्तार गरेका थिए । प्रधानमन्त्री ओलीले पहिलोपटक एमालेका तर्फबाट मन्त्री बनेका एक उपप्रधानमन्त्री, १० जना मन्त्री र तीन राज्यमन्त्री हटाएर दुई उपप्रधानसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए ।

अर्थमन्त्री विष्णु पौडेलको पनि उपप्रधानमा बढुवा भएको थियो । यस्तै, २७ जेठमा प्रधानमन्त्री ओलीले सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top