×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

नेपालकै अग्लो ‘भ्यूटावर’को ४० प्रतिशत निर्माण पूरा

९ असार २०७८

९ असार, झापा ।

दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ ।

Advertisement
Advertisement

एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए ।

चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् ।

कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्रगतिमा निर्माणकार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको इञ्जीनियर यादवको भनाइ छ ।

दमक नगरपालिका–३ दापगाँछीमा पाँच बिघा जग्गामा भ्यूटावरको निर्माण भइरहेको छ । नेपाल सरकारले यसलाई राष्ट्रि«य गौरवको आयोजनामा सूचीकृत गरी निर्माणकार्य तोकिएकै अवधिमा सम्पन्न गर्न भन्दै आएको छ तर कोरोना महामारीका कारण निर्माण अवधि केही लम्बिने देखिएको छ ।

“कोभिडको दोस्रो लहर नआइदिएको भए यतिबेला छैटौँ तला बनिसक्थ्यो”, इञ्जीनियर यादवले भने, “महामारीका कारण आधा जति कामदार घर फर्किए, आधाले काम गर्दा अलि ढिलो भयो ।” हाल भ्यूटावरमा ६० भन्दा बढी कामदारले दैनिक काम गरिरहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणका कारण १०० भन्दा बढी भारतीय कामदार घर फर्किएको उहाँले बताउनुभयो । हाल कार्यरत मजदुर सिरहा र सप्तरीतिरका रहेका छन् ।

विसं २०७८ पुस २७ गते निर्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्काको सम्झौता विसं २०७६ असार २७ मा भएको थियो तर तोकिएको मितिमा कोभिड–१९ का कारण निर्माण सम्पन्न नहुने हुँदा नेपाल सरकारसँग छ महिनाको म्याद थपका लागि पहल भइरहेको उनले बताए ।

अठार तलाको भ्यूटावर १०० मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने र बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइने भएको छ । सात कठ्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ । टावरको सबैभन्दा तल्लो तलामा गाडी पार्किङस्थल हुनेछ । टावर वर्गाकारमा बन्नेछ ।

टावरको दक्षिणतिर प्रवेशद्वार, टिकट काउन्टर, सोभेनियर रुम रहने र पूर्वतिर स्वास्थ्यचौकी बनाइने भएको छ । पश्चिमतिर ओपन थिएटर र उत्तरतिर फाउन्टेन पार्क, चिल्ड्रेन पार्कलगायतका संरचना बनाइने भएको छ ।

भ्यूटावर दृश्यावलोकनका लागि मात्र नभएर व्यावसायिक प्रयोजनका दृष्टिले समेत महत्वपूर्ण हुने सपिङ कम्प्लेक्सको अवधारणबाट डिजाइन गरिएको छ । टावरका तलाहरुमा रेस्टुरेन्ट, होटल, बैंक, बुटिकलगायतका व्यावसायिकस्थलहरु रहने भएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माणकार्यको नियमित रेखदेख र गुणस्तरको अनुगमन गरिरहेको जनाएको छ ।

Advertisement

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top